Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा गरेर एमसिसी पारित गर्नु भनेको जनताप्रति ठगी भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘एमसिसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय सङ्कल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो।’यो महाकाली सन्धिको सङ्कल्प प्रस्तावजस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो। देशघाती चरित्र !’सत्तारुढ पाँच दलको गठबन्धनले आज बस्ने प्रतिनिधिसभा बैठकबाट व्याख्यासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर