Nepali Unicode | Preeti to Unicode

बहुचर्चित अमेरिकी सहायता नियोग मिलेनिमय च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभाबाट आजै अनुमोदन हुने भएको छ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छलफलबाट यस्तो सहमति जुटेको काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘एमसिसी सम्झौतासँगै व्याख्यात्मक टिप्पणी राखेर सरकारले पेश गरेपछि संसदबाट अनुमोदन हुन्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘आजकै दोस्रो संसद बैठकको सेसनमा एमसिसी अनुमोदन हुन्छ ।’

आजै सत्तारूढ गठबन्धनको अर्को प्रमुख घटक माओवादी केन्द्रले एमसिसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर