Nepali Unicode | Preeti to Unicode

जनता समाजवादी पार्टी (जसपा)  कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ग्वार्कोको एक होटलमा जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र एमसिसीको विषयमा छलफल गर्न जसपाको कार्यकारिणी बोलाइएको हो । बैठकमा पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने,पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्नेलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

ती नेताका अनुसार पछिल्लो दुई अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको विषयमा पनि छलफल हुने बुझिएको छ । दुई अध्यक्षबीचको द्धन्द्धका कारण लामो समयदेखि जसपाको बैठक बस्न सकेको थिएन ।

साथै जसपा एमसिसीमा विभाजित छ । अध्यक्ष यादव एमसिसीको विपक्षमा छन् भने अर्काका अध्यक्ष भट्टराई एमसिसीको पक्षमा छन् । आज बसेको कार्यकारिणी बैठकले एमसिसीबारे आधिकारिक निर्णय गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर