नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा काङ्ग्रेस पदाधिकारीहरूको बैठक बस्न लागेको हो ।
आजको बैठकमा पार्टीका भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
महामन्त्री शर्माका अनुसार केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भातृ सङ्घ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि उक्त विधानमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । आजकौ बैठकमा पनि सोही विधानमाथि सुझाव लिइने छ ।
केही दिनदेखि जारी छलफलमा दलित सङ्घ, महिला सङ्घलगायत ६ वटा भ्रातृ सङ्घको विधानमाथि छलफल गरेर सुझाव दिने तयारी भइरहेको छ ।
काङ्ग्रेसले भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भातृ सङ्घले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् ।
