Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसिसी सहमतिबिना संसदमा टेबल गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा एमसिसी टेबल भएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीसँग नेता गुरुङले सो कुरा बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रमुख विपक्षी दलले ६ महिनादेखि संसद चल्न दिएको छैन । यस्तो बेला कुनै पनि महत्वपूर्ण विधेयक तथा सन्धी अगाडि बढाउन मिल्दैन ।’

साथै नेता गुरुङले ४२ वटा विधेयक पाइपलाइनमा रहेर छलफल गर्न नपाएको उल्लेख गरे ।  उनले भने, ‘यस्तो अवस्थामा एमसिसी किन पेस गर्नु भो ? हामीले विगतदेखि भन्दै आएका छौँ, एमसिसीमा केही राष्ट्रहितविरुद्धका केही प्रावधान रहेका छन् ।’

‘एमसिसी सम्झौतालाई परिमार्जन गर्नुपर्छ, अनिमात्र यो अगाडि बढ्न सक्छ भनेर हाम्रो दलले भन्दै आएको हो, नेता गुरुङले भने, ‘तर, आज एमसिसी संसदमा टेबल भए पनि छलफलबाट यसलाई निष्फल पारिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर