Nepali Unicode | Preeti to Unicode

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।एमालेले आज बिहान  ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले परमादेशको आदेश दिने न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,डाक्टर आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर