Nepali Unicode | Preeti to Unicode

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको छ । गठबन्धनमा रहेका दलहरूले ९८ सांसदकाे हस्ताक्षरसहित प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता  गरेकाे  हाे ।

बिहान ११ बजेर १० मिनेटमा महाअभियोग प्रस्ताव दर्ता भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेका थिए ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर