Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
पहिरोले नौजना घरभित्रै पुरिए, दुईको मृत्यु, पाल्पामा छ बेपत्ता
Nepali Unicode | Preeti to Unicode

८ असोज । पहिरोका कारण बिहीबार बिहान स्याङजामा नौजना घरभित्रै पुरिएका छन् । दुईजनाको मृत्यु भएको छ ।

पहिरोमा परेर मृत्यु भएको अवस्थामा वालिङ नगरपालिकाकी एक महिला र कालीगण्डकी-४ का १८ वर्षे कृष्ण दमाईको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्याङजाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार वालिङ नगरपालिका-१४ स्थित माया परियारको घर पुरिँदा घरभित्र नौजना पुरिएक छन् । एकजनाको जीवितै उद्दार गरिएको छ। १० जनाको परिवारमा नौजना पहिरोभित्र पुरिएका छन् । बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीयले बताए ।

घर माथिबाट पहिरो झरिरहेकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासी मिलेर उद्दार गर्ने काम भइरहेको छ ।

यसैबीच तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ। पहिरोमा परी बाबुराम दमाइका अन्दाजी १८ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय चक्र पाण्डेले बताए।

घरमा सुतिरहेको अवस्थामा बिहीबार बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उता अविरल वर्षापछि बिहीबार बिहान खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा गर्भवतीसहित छ जनालाई बेपत्ता बनाएको छ ।

पहिरोले घर पुरिँदा छजना बेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए । उनका अनुसार मनबहादुर गाहाको परिवारका तीनजना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँचजना सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्दारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय