Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी गर्ने प्रयास भइरहेको बताएका छन् । उनले माओवादीलाई घेरा हालेर सखाप पार्न खोजिएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले देशी/विदेशी प्रतिक्रियावादी शक्ति मिलेर माओवादीलाई घेरा हालेर सखाप पार्न सकिन्छ कि भनेर लागिरहेको बताए । ‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू माओवादीलाई कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,’ प्रचण्डले आज आयोजित एक कार्यक्रममा भने, ‘तर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’

एमसिसीको विषयमा प्रचण्डको द्वैध चरित्रबारे देश विदेशमा टिप्पणी भइरहेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो । उनले कुनै देशको नाम उल्लेख नगरी अमेरिका र भारततर्फ सङ्केत गर्दै घेरा हालेर सखाप बनाउन खोजेको टिप्पणी गरेका हुन् ।

पछिल्लो समय एमसिसीका विरुद्ध उभिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई पठाएको गोप्य पत्र सार्वजनिक भएको छ । यसैका आधारमा प्रचण्डमाथि टीका–टिप्पणी भइरहेको छ । प्रधानमन्त्री देउवा अहिले पनि एमसिसीको पक्षमा उभिएका छन् भने प्रचण्ड विपक्षमा उभिएका छन् ।

साथै प्रचण्डले छरिएर रहेका सम्पूर्ण माओवादी शक्तिहरूलाई एक हुन पनि आग्रह गरेका छन् । माओवादी सबै शक्ति एक हुनुको विकल्प नभएको पनि प्रचण्डले सो कार्यक्रममा बताएका थिए । सबै एक भएर प्रतिक्रियावादीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय