Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा साना बामपन्थी दलहरूले भोलिदेखि आन्दोलन चर्काउने भएका छन् ।

एमसिसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भइरहेको बेला उनीहरूले आन्दोलन चर्काउने भएका हुन् । २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दलले माघ २६ गते काठमाडौँ उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवनअगाडि तथा देशैभरी सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेका छन् ।

उनीहरूले गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार भएको ठहर गर्दै यसविरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिलसमेत गरेका छन् ।

साना बामपन्थी दलहरूमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

मोहन वैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरू क्रमशः सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल पनि उक्त आन्दोलनमा सामेल हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय