Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

काठमाडौं, ८ असोज । देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ ।

अर्को ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ ।

यसअधि आज विहान ९ देखि दिउँसो ३ बजेसम्म वर्षाको पूर्वानुमान गरिएको थियो । आकस्मिक बहाव हुन सक्ने स्थानबारे उल्लेख समेत गरिएको थियो ।

अबको ६ घन्टा गण्डकी प्रदेश र प्रदेश ५ मा शतर्क रहन भनिएको छ । बाढी पूर्वानुमान बुलेटिनमा आज र भोल देशभरका नदीमा बहाब उच्च हुने उल्लेख छ । नारायणजी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब खतरा आसपास वा माथि हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतराभन्दा माथि हुने पूर्वानुमान छ । तिनाऊ बाणगंगा, पश्चिम राप्ती, बबई नदीका अलावा, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा आकस्मिक बहान हुने सम्भावना उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय