Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

काठमाडौं, ८ असोज । देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ ।

अर्को ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ ।

यसअधि आज विहान ९ देखि दिउँसो ३ बजेसम्म वर्षाको पूर्वानुमान गरिएको थियो । आकस्मिक बहाव हुन सक्ने स्थानबारे उल्लेख समेत गरिएको थियो ।

अबको ६ घन्टा गण्डकी प्रदेश र प्रदेश ५ मा शतर्क रहन भनिएको छ । बाढी पूर्वानुमान बुलेटिनमा आज र भोल देशभरका नदीमा बहाब उच्च हुने उल्लेख छ । नारायणजी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब खतरा आसपास वा माथि हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतराभन्दा माथि हुने पूर्वानुमान छ । तिनाऊ बाणगंगा, पश्चिम राप्ती, बबई नदीका अलावा, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा आकस्मिक बहान हुने सम्भावना उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय