Nepali Unicode | Preeti to Unicode

मन्त्रिपरिषदको बैठक आज बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ ।

हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेपनि आजको बैठकको समयको बारेमा जानकारी गराइएको छैन् ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ। गत मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासङ्गको  परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे  टुङ्गो  लगाउने आश्वासन दिएपछि आयोग निर्वाचन आयोगले तयारी सुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर