माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचनकाबारेमा छलफल भएको छ ।
प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर निर्वाचन मितिबारे छलफल गर्नुभएको हो ।
छलफलमा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव राख्नुभएको छ ।
आयोगका पदाधिकारीहरुले पनि जेठ ५ गते भित्रै निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । गत शनिबार बसेको गठबन्धनको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई छलफलमा बोलाउनुभएको हो ।
प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीचको छलफल सकारात्मक भएको भन्दै जेठ ४ गतेलाई नै चुनावको मिति तोक्ने तयारी गरिएको स्रोतले बताएको छ ।
