सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट बढाएर प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो ।
किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।
दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुने गरेको थियो ।
