
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीलाई सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् ।
आइतबार मध्यराति सामाजिक सञ्जाल मार्फत उनले एमसिसीलाई आलटाल नगरी सर्वसम्मतिबाट पारित गर्नुपर्ने बताएका हुन् । उनले सबै एकमुख भएर जनतालाई एमसिसीबारे बुझाउँनुपर्ने समेत बताए ।
अध्यक्ष भट्टराईले एमसिसीकोे वहानाम प्रतिगमन विरोधी गठबन्धन नटुटोस् भन्ने कामना समेत गरेका छन् । उनले यही प्रकरणमा नेपालका रूढिवादी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस भन्दै देश कङ्गाल बनेर जनसङ्ख्या अरू नघटोस भन्दै सचेत गराए ।
अध्यक्ष भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरवाद नहोस भन्दै कामना समेत गरे । उनले लेखेका छन्, एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्! यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस्! देश थप कङ्गाल बनेर जनसङ्ख्या अरू नघटोस्, शक्तिकेन्द्रहरूको चलखेलबाट देश बर्बाद नहोस् !