Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पाँच दलीय गठबन्धन आफ्नो पार्टीलाई कमजोर बनाउन लागि परेको आरोप लगाएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री बस्नेतले गठबन्धनको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमै केन्द्रित भइरहेको आरोप लगाए ।

यस्तै, बस्नेतले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काङ्ग्रेसरूपी हात्ती चढेर एमालेरूपी सिंहलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । ‘कमरेड माधव नेपाल र कमरेड प्रचण्डले आफ्नो पार्टी र आफ्नो राजनीतिक भविष्य सकिएको आँकलन गर्नु भएको छ,’ उनले भने, ‘यसै कारण आज यो समस्या देखा परिरहेको छ । स्याल र ब्वाँसाहरूले हात्ती चढेर सिंहको सिकार गर्न खोजेझैँ कमरेड माधव र कमरेड प्रचण्ड काङ्ग्रेसरूपी हात्ती चढेर एमालेरूपी सिंहलाई कमजोर बनाउन खोज्नु भएको छ । यो कहिल्यै सफल हुँदैन ।’

यस्तै, उनले गठबन्धनभित्र आशङ्का र बिचलनहरू देखिन थालेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर