Nepali Unicode | Preeti to Unicode

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोन भेरिएन्टले कोभिड १९ महामारी अन्त्य हुन सक्ने सङ्केत गरेको छ ।

डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगका अनुसार ओमिक्रोनको सङ्क्रमणपछि महामारी नयाँ फेजमा पुगेको र युरोपमा ६० प्रतिशत मानिस ओमिक्रोनबाट सङ्क्रमित भएपछि महामारी अन्त्य हुने सङ्केत देखिएको छ । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली सङ्क्रमित हुने उनको भनाइ छ ।

अध्ययनले खोप लगाएका मानिसमा ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर हुने देखाएको छ । यसले कोभिडलाई प्यान्डेमिक स्टेजबाट मौसमी फ्लूजस्तो इन्डेमिक स्टेजमा सार्न थालेको छ । भाइरसबाट सङ्क्रमण भएको र खोपका कारण विश्वव्यापी रुपमा मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताएका छन् ।

कोभिड १९ वर्षको अन्त्यतिर फेरि फर्कन सक्छ तर, यो पहिलाको महामारी जस्तो नहुने क्लुगको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर