Nepali Unicode | Preeti to Unicode

माघ ३ गते । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्रेन्टफर्डलाई ३–० गोलले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्वरलेन र ताकुमी मिनामिनोले गोल गर्नुभयो । एकपक्षीय खेलमा लिभरपुलले ४४औँ मिनेटमा खाता खोलेको थियो । फाविन्होले ट्रेन्ड एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो ।

६९औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा ताकुमी मिनामिनोले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाउनुभयो । जितसँगै लिभरपुलले यसअघि दोस्रो स्थानमा रहेको चेल्सीलाई दुई अंकले पछि पारेको छ ।

लिभरपुलको २१ खेलबाट ४५ अंक पुगेको छ । एक खेल बढी खेलेको चेल्सीको ४३ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफर्ड २३ अंक सहित १४औंँ स्थानमा रहेको छ । अर्काे खेलमा लिड्स युनाइटेडले वेस्ट हाम युनाइटेडलाई ३–२ गोलले हरायो ।

लिड्सको जितमा लमा ज्याक ह्यारिसनको ह्याट्रिक गर्नुभयो । वेस्ट हामका जारोड वोवेन र पाब्लो फोर्नाल्सले गोल गर्नुभएको थियो । जितसँगै २२ अंक बनाएको लिड्स १५औँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट हाम ३७ अंक सहित चौथो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर