Nepali Unicode | Preeti to Unicode

एमालेका नेता भीम रावलले ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई सामसुम पार्न खोजिएको त होइन भन्दै आशङ्का व्यक्त गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा स्टाट्स लेख्दै नेता रावलले प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको फाइल प्रहरीलाई नै फिर्ता पठाइदिएपछि यस्तो आशङ्का व्यक्त गरेका हुन् ।

भीम रावलले लेखेको स्टाट्स यस्तो छ :
प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के-केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो,खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर