Nepali Unicode | Preeti to Unicode

नागरिक उड्डयन मन्त्री प्रेम आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नतिको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको दाबी गरे । उनले भने, ‘यो विमानस्थल सञ्चालन भएपद्धि भारतीय पर्यटकहरू भित्र्याउन सजिलो हुने छ ।’

साथै मन्त्री आलेले दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर विमानस्थल सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गबाट विमानस्थल आउने सडक पनि चार लेनको बनाउनु पर्ने बताए ।

२०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहेको मझगाउँ विमानस्थल त्यसयता बन्द छ । सो विमानस्थललाई स्तरोन्नतिसहित सञ्चालन गर्ने योजना सरकारले अघि बढाएको हो । तत्कालका लागि विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार निर्माण सुरु गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर