Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

कोरोना सङ्क्रमण बढेसँगै झापामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सबै प्रकारका सभासमारोहमा प्रतिबन्ध लगाएइको छ । अधिकांश शिक्षण संस्था बन्द भएका छन् ।

झापाका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले निकालेको सूचनामा कहीँकतै जानुपरे खोप कार्ड अनिवार्य बोक्न, कार्ड बोक्न बिर्सिने सम्भावना भएकाले मोबाइलमा फोटो खिचेर भए पनि बोक्न आदेश गरेको छ ।

अघिल्लो साताको शुक्रबार तीन जनामा कोरोना सङ्क्रमण देखिएकोमा मङ्गलबार एकै दिन २५ जनामा  सङ्क्रमण देखिएपछि प्रशासनले कडाइ सुरु गरेको हो । अहिले झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या सय नजिक पुगेको छ । ९६ जनामध्ये तीनजना अस्पतालमा उपचाररत छन् । अन्य सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाइएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलबारको बैठकले कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को पुस २५ गते र २६ गतेको गृह मन्त्रालयको पालना गर्न गराउन निर्देशन दिएको छ ।

यस्तो छ, जिल्ला कोभिड व्यवस्थापन समिति झापाको निर्णय :

​​​​​​​१. सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्ने नगराउने ।

२. सार्वजनिक स्थानमा (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था माघ ७ गतेदेखि लागू गर्ने ।

३. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने र सोको प्रचारप्रसारका लागि सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, सङ्घसंस्थाहरू र स्थानीय सञ्चारमाध्यमलगायत सबैलाई अनुरोध गर्ने ।

४. नेपाल प्रवेश बिन्दु काँकडभिट्टामा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने, त्यस्तो परीक्षणबाट सङ्क्रमित देखिएकालाई तत्काल संस्थागत आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने । एन्टिजेन परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने ।

५. सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्न र नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने ।

६. छिमेकी मुलुक भारतमा समेत कोभिड १९ को सङ्क्रमण दर तीव्र रूपमा फैलिरहेको हुँदा अत्यावश्यक काम नपरी सीमा वारपार नगर्ने, अत्यावश्यक काम परी आवतजावत गर्नुपर्ने भए कोभिड –१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्र आवतजावत गर्ने ।

७. कोभिड–१९ को पहिलो र दोस्रो चरणमा सञ्चालनमा ल्याइएका होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर र अस्पतालहरूलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गर्ने ।

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २६ गतेको सूचनाअनुसार सबै शिक्षण संस्था वार्षिक बिदामा मिलान हुने गरी मङ्गलबारदेखि नै माघ १५ गतेसम्म बिदा दिने निर्णय कार्यान्वयन गर्न÷गराउने  ।

९. कोभिड–१९ को सङ्क्रमण दर बढ्न नदिन घरबाट निस्कँदा सबैले मास्क अनिवार्य लगाउने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने र कोभिडको १९ को सम्भावित तेस्रो लहरबाट बच्न जनचेतनामूलक सूचना र प्रचारप्रसारको लागि स्थानीय तहहरू, राजनीतिक दलहरू, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घहरू, गैरसरकारी संस्था, सञ्चारमाध्यमलगायत सरोकारवाला निकायसँग अनुरोध गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय