Nepali Unicode | Preeti to Unicode

ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका दम्पती रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सरकारी जग्गा हिनामिना गरेको आरोपमा पुस ७ गते पक्राउ गरेको थियो ।

जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको अनुसन्धान ब्यूरो (सिआइबी)को कार्यालयले जनाएको छ ।

सिआइबीले लिखत कीर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले प्रतिवेदन फिर्ता पठाइदिएको हो ।

सरकारी वकिल कार्यालयले सो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने भन्दै हदम्याद नसकिने निष्कर्ष निकालेको छ । सो निष्कर्षका आधारमा तत्काल मुद्दा नचल्ने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौँले थप अनुसन्धानका गर्न बुँदागत निर्देशनसहित अनुसन्धान प्रतिवेदन फिर्ता गरेका थियो ।

ललिता निवासको सरकारी कागजात ‘कीर्ते’ गर्ने  सुवेदी दम्पती मुख्य योजनाकार हुन् । जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर