Nepali Unicode | Preeti to Unicode

पूर्वराजा ज्ञानेन्द्रबहादुर शाह मङ्गलबार सिंहदरबार जाने भएका छन् । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह सिंहदरबार जान लागेका हुन् ।

सिंहदरबारको मुल गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न मध्यान्ह साढे १२ बजे सिंहदरबार पुग्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । पुस २७ गते मङ्गलबार पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर