
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिमतर्फ नेपालमा रहेकाले अहिले नेपालका विभिन्न भुभागमा वर्षा भइरहेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले प्रदेश २, वागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । कास्की, मकवानपुरलगायतका क्षेत्रमा भारी वर्षा भइरहेको छ । उनका अनुसार यी तीन जिल्लाका केही स्थानमा चट्याङसहितको वर्षा भइरहेको छ । शुक्रबारसम्म मुलुकका सबैजसो क्षेत्रमा वर्षाले प्रभाव पार्ने उनको भनाइ थियो ।