Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पुस २० गते । प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जानुभएको छ । मङ्गलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकाेप्टरमार्फत धरान जानुभएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताउनुभयो ।
धरान पुग्नुभएको देउवा आज ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुने उपसचिव भट्टले जानकारी दिनुभयो । धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ ।
यसैगरी प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्नुहुने कार्यक्रम छ । साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय