सत्तारुढ गठबन्धन दलको भागबन्डा टुङ्गिएको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा भागबन्डा टुङ्ग्याएको बालुवाटार समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गठबन्धनबीच १९ सिटमा भागबन्डा मिलेको हो । जसमा नेपाली काङ्ग्रेसको भागमा ६,नेकपा माओवादी केन्द्रको भागमा पाँच,नेकपा एकीकृत समाजवादीको भागमा पाँच, जनता समाजवादी पार्टी (जसपा)को भागमा दुइर् र जनमोर्चालाई एक सिट बाँडिएको छ ।
आगामी फागुनदेखि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका चार–चार,काङ्ग्रेसका तीन सिट खाली हुँदैछ । उक्त सिट सोही पार्टीलाई छोडेर सत्तारुढ गठबन्धनले नेकपा एमालेका आठ सिटमा भागबन्डा गरिएको हो ।
आगामी फागुनमा बर्से कार्यकाल सक्काएर १९ जना राष्ट्रियसभा सदस्य बिदा हुँदै छन् । उनीहरूको खाली सिटमा निर्वाचन आयोगले माघ १२ गते निर्वाचन गराउँदै छ । सो निर्वाचनमा गठबन्धन दलहरू मिलेर चुनावी मैदानमा होम्मिने भएका छन् ।
