Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
लमजुङमा कोरोनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारवाही
Nepali Unicode | Preeti to Unicode

लमजुङ, ५ असोज ।

कोरोना भाइरस कोभिड १९ बारे गलत प्रचार गर्ने ५६ जनालाई प्रशासनले कारवाही गरेको छ । कोरोना संक्रमणको बढ्दो अवस्थामा समाजमा अफवाह फैलाउने व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार कोरोना संक्रमणको अवस्थामा सकरात्मक सन्देश भन्दा नकरात्मक टिका टिप्पणी र हल्ला फैलाउने, संक्रमित र उनको परिवारलाई लक्षित गरी अमानवीय व्यवहार गर्नेलाई कारबाही गरिएको हो । समाजमा अनर्गल प्रचारबाजी गर्ने, सामाजिक सद्भाव भड्काउने, संक्रमितको परिवारमा नकरात्मक हल्ला फैलाउने, संक्रमित र संक्रमितको परिपारलाई हेलाको दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, मानसिक तनाव दिने लगायतलाई कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गरि जरिवाना गरिएको छ । प्रति व्यक्ति ५०० का दरले कारबाही गरिएको छ । कोरोना लागेको परिवारलाई अपहेलना गर्ने, पिसिआर गरेर सुरक्षित बसेका लाई कोरोना लागेको भनेर प्रचार–प्रसार गर्ने, निको भएर आउनेलाई पनि समाजमा तिरस्कार गर्ने, परिवारमा एकजनालाई कोरोना लागेमा अरुलाई दुव्र्यबहार गर्ने लगायतका गतिबिधि गर्नेलाई प्रशासनले कारबाही गरेको हो ।प्रशासनले अनावश्यक हल्ला गर्ने र मानसिक यातना दिनेहरुको खोजी गरी कारबाही गरेको हो । पीडितले पछिल्लो समय प्रशासनमा निवेदन दिन थालेका छन् । संक्रमित व्यक्ति र परिवारका सदस्यलाई पीडा हुने खालको काम गर्ने विरुद्ध निवेदन दिन प्रशासनले अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जारी भएको आदेश विपरितका क्रियाकलापमा संलग्नलाई कारबाही गरिएको हो । यस्तै, प्रशासनको आदेश उल्लंघन गर्ने १ सय १० भन्दा बढी सवारी साधनलाई नियम अनुसार कारबाही गरिएको छ । अनावश्यक कामका लागि समेत सवारी साधन चलाउनेलाई कारबाही गरिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय