Nepali Unicode | Preeti to Unicode

पुस ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच  प्रतिनिधिसभाबाट मंगलबार दुई अध्यादेश पारित भएका छन्।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पारित भएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका  प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सुवालले अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच दुवै अध्यादेश सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभएको हो । दुवै अध्यादेश पारित गर्नु अगाडि बैठकले सांसद्‍ सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाकाे अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी मंगलबारकाे बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर