भरतपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ । नारायणगढबाट पूर्व तर्फ जाँदै गरेको ०३-००१ ख १३०६ नम्बरको ट्रकको ठक्करबाट साढे दुई वर्षीया दिपिका जोशीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार दिउँसो १२ बजे बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मृतककी आमा २४ वर्षीया सम्झना जोशी बेहोस भएकी छन्। उनलाई उपचारका लागि अस्पताल ल्याईएको छ ।
