नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा बढी मत ल्याएका छन् ।
संस्थापनइतर पक्षबाट उम्मेदवारी दिएका थापाले भर्खरै सकिएको मतगणनामा तीन हजार २३ मत ल्याएका छन् ।
देउवाले दोस्रो चरणको निर्वाचनमा दुई हजार सात सय ३३ मत ल्याएका थिए । देउवाको भन्दा थापाको दुई सय ९० मत बढी छ ।
थापालाई दुुई तिहाई मत बनाउन ९६ मतले मात्रै अपुग भएको छ ।
नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते निर्वाचन भएको थियो ।
