नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।
अहिले भइरहेको मतगणनामा केही मत गणना गर्न बाँकी रहँदै दुवै जना विजयी भएका हुन् ।
खसेको जम्मा ४६७९ मतमध्ये ४३९० मत गणना हुँदा गगन थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डा. महतले १४५५, प्रदीप पौडेलले १३०३, डा. मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।
