नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४०९० मत गणना भएको छ। प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ। सबैभन्दा बढी थापाले २६४४ मत प्राप्त गरेका छन्। महामन्त्रीका अर्का प्रत्यासी शर्माले १६८५ मत ल्याएका छन्।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा.प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा मीनेन्द्र रिजालले ७०६ र डा.राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन्। महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा.महत, पौडेल, डा.रिजाल, डा.कार्की र शर्मा उम्मेदवार छन्।
