Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट मतगणना सुरु भएको हो ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्छ ।

नेपाली कांग्रेसको महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।

३८९० मत गणना हुँदा यी दुई युवा उम्मेदवारले अरू चार उम्मेदवारलाई पछि पारिरहेका छन्।

३८९० मतगणनामा
गगन कुमार थापा २५१२
प्रकाश शरण महत १२९२
प्रदिप पौडेल ११६१
मिनेन्द्र रिजाल ६७९
राजाराम कार्की ८८
विश्व प्रकाश शर्मा १५९७

प्रतिक्रिया

सम्बन्धित खवर