Nepali Unicode | Preeti to Unicode

पुस १ गते । काेराेनाविरूद्धकाे जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनकाे काेराेनाविरूद्धकाे डोज एक मात्रा लगाए पुग्छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिनुभयाे।

थापाका अनुसार खोप युनिसेफमार्फत् आइपुगेको हो । यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

यो सँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ।  विभिन्न कम्पनीकाे अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर