गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका सुनिल खनाललाई गृहमन्त्री बालकृष्ण खाँणले विज्ञमा नियुक्त गरेका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना अवकाश पाएका खनाललाई गृहमन्त्री खाँणले प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त गरेका हुन् ।
काङ्ग्रेसनिकट मानिने पूर्वसहसहचिव खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको थियो । खनाललाई आफ्नो विज्ञमा नियुक्त गर्न गृहमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यसअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जनार्दन शर्माले पनि सुरक्षा विज्ञ नियुक्त गरेका थिए ।
