नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पाँच दलको गठबन्धन आउँदो निर्वाचनसम्म रहने दाबी गरेका छन् ।
उनले नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जनता समाजवादी पार्टीसहितको गठबन्धन निरन्तर रहने जनाए ।
सुनसरीको इटहरीमा आज (मङ्गलबार) पार्टीको प्रदेश १ स्तरीय कार्यालय उद्घाटन गर्दै नेपालले ‘निरङ्कुसतावादी चरित्र र दक्षिणपन्थी भासबाट देश उकास्न’ अहिलेको गठबन्धन निर्वाचनसम्म जारी रहनु आवश्यक रहेको विचार व्यक्त गरे ।
