भारतीय क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।
भारतीय टोलीले टेस्ट र एक दिवसीय श्रृङ्खलाका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको हो ।
भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको टेस्ट र तीन एक दिवसीय श्रृङ्खला हुनेछ । यसअघि दुई टोलीबीच टी–२० श्रृङ्खला पनि हुने भनिएको थियो ।
तर, टी–२० श्रृङ्खला भने फरक मितिमा हुने क्रिकइन्फोले जनाएको छ । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट श्रृङ्खला डिसेम्बर २६ देखि सुरु हुनेछ । तालिका अनुसार पहिलो टेष्ट डिसेम्बर २६ देखि ३० तारिखसम्म हुनेछ भने दोस्रो टेस्ट तीन जनवरी देखि सात र तेस्रो टेष्ट ११ देखि १५ सम्म हुनेछ ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिएसँगै खेल क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ ।
