Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधिवेशनबारे निर्णय गर्न केन्द्रीय निर्वाचन समितिका दुई सदस्यलाई जनकपुर पठाइएको छ ।

केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार केन्द्रीय निर्वाचन समितिका सदस्यद्वय सिताराम केसी र तेजबहादुर रावललाई पठाइएको छ । प्रदेशको अधिवेशन बिहीबार नै उद्घाटन भए पनि केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले रोकिएको छ । सात मध्ये ६ वटा प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

रिजालका अनुसार प्रदेशका नेताहरु, प्रदेश निर्वाचन समितिका पदाधिकारीहरुसँग भेटेपछिमात्रै २ नम्बर अधिवेशनबाट निर्णय हुनेछ । ‘केन्द्रीय निर्वाचन समितिका सदस्यहरुले छलफल गरेपछि मात्रै के निर्णय गर्ने भन्ने निष्कर्षमा पुग्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

महोत्तरी, सर्लाही, बारा र रौतहटका कतिपय स्थानमा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनमा व्यवधान भएको हो । सर्लाही र महोत्तरीमा आज पनि क्षेत्रीय अधिवेशनहरु भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय