Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट पहिलो खेलमा साविकको उप–विजेता टोली चेन्नई सुपर किङ्सले विजयी सुरुआत गरेको छ ।

शनिबार भएको खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सलाई  पाँच विकेटले हराएको हो । अबुधाबीको शेख जायद स्टेडियममा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर २ बलमा पाँच विकेट गुमाउँदै १६६ रन बनाएको हो ।

चेन्नईका लागि अंबाती राएडुले अर्धशतकिय पारी खेले । ४८ बल खेलका उनले ६ चौका र ३ छक्काको सहयोगमा ७१ रन बनाए । त्यस्तै फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेल्दै उनले ६ चौकाको सहयोगमा ५८ रन बनाउन सफल भए ।

चेन्नईका लागि श्याम करनले १८ रन जोड्दा रविन्द्र जडेजाले १० रन बनाए । बलिङतर्फ मुम्बइका लागि ट्रेन्ट बोट, जेम्स प्याटिन्सन, जसप्रीत बुमराह, कुनाल पाड्या र राहुल चाहरले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रनको योगदान गरे । ३१ बल खेलेका तिवारीले ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै ओपनिङमा आएका क्विन्टन डि ककले ३३ रन बनाए । मुम्बईका लागि केइरन पोलार्डले १८ रन बनाउँदा सुर्यकुमार यादवले १७, हार्दिक पाड्या १४ र कप्तान रोहित शर्मा १२ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नाइका लागि लुंगी एन्गिडिले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र जडेजा र दीपक चहारले समान दुई–दुई विकेट लिए । चेन्नईका लागि श्याम करन, प्रियुस चहालले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय