Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको चुनावमा पराजय स्वीकार गरेका छन् ।

मतगणनाको नतिजा आएलगत्तै ट्विट गर्दै उनले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई पनि दिएका छन् ।

उनले लेखेका छन्– ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु ।’

साथै उनले ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको’ पनि जनाएका छन् ।

हेर्नुस्, उनले गरेको ट्विट :

थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत मेन्सन गर्दै अर्काे ट्विटमा लेखेका छन्–‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भर्त्सना गर्दछु ।’
हेर्नुस्, उनले गरेकोअर्काे ट्विट :

राप्रपाको महाधिवेशनपछि नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम केहीबेरअघि आएको थियो । मत परिणामअनुसार लिङ्देनले दुई सय २७ मतान्तरले थापालाई पराजित गरेका छन् ।

लिङ्देनले एक हजार आठ सय ४४ र थापाले एक हजार छ सय १७ मत पाए । चार सय ३१ मत बदर भएको छ ।

जम्मा तीन हजार आठ सय ९२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर