Nepali Unicode | Preeti to Unicode

पार्टी महाधिवेशनमा आफू पराजित भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले आफूनिकट नेताहरूको भेला बोलाएका छन् ।

अहिले काठमाडौँको होटल याक एन्ड यतीमा थापा पक्षको भेला सुरु भएको छ ।

महाधिवेशनपछि हिजो भएको मतदानको आज (आइतबार) बिहान सम्पन्न मतपरिणामअनुसार थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । तर, नयाँ समितिका पदाधिकारीमा थापा प्यानलकै बर्चस्व छ ।

थापाले लिङ्देनलाई बधाई दिएपनि ‘निर्मल निवासले पार्टीको आन्तरिक प्रतिस्पर्धामा नाङ्गो हस्तक्षेप’ गरेको आरोप लगाएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै यस्तो ट्विट गरेका थिए ।

‘महाधिवेशनबारे समीक्षा गर्न भेला आयोजना गरिएको हो,’ थापानिकट एक नेताले भने ।

अध्यक्ष पदमा लिङ्देनले एक हजार आठ सय ४४ र थापाले एक हजार छ सय १७ मत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर