नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयको समस्या चाँडै समाधान गरिनुपर्ने बताएका छन् । दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष ओलीले शुक्रबार अध्यक्षको पदबहाली गर्दै न्यायालयमा देखिएको अन्यौल विसङ्तिको प्रतिविम्ब भएको बताए ।
ओलीले अदालतको घटनाले कानुनीराजमाथि प्रश्न उठाएको टिप्पणी गर्दै सत्ता गठबन्धन दल तथा सरकार गम्भीर हुनुपर्ने बताए । न्यायपालिकाको विवादमा देशको समय बर्बाद भइरहेको बताउँदै ओलीले सो समस्या चाँडै समाधान गर्नुपर्ने बताए ।
