Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेस प्रदेश १ सभापतिका उम्मेदवार गुरुराज घिमिरेले गुटबन्दीका कारण पार्टी लथालिङ्ग भएको बताएका छन् । संस्थापनइतर पक्षका उम्मेदवार घिमिरे प्रदेश अधिवेशनको उदघाटनसत्रमा बोल्दै यस्तो बताएका हुन् ।

‘पार्टी आन्तरिक जीवनलाई व्यवस्थित गर्न सकेनौँ, युवाहरूको वितृष्णा छ’, उनले भने, ‘नयाँ संरचनापछि खडा भएकोे ठाउमा पार्टीको संरचना बनाउदै छौँ । गुट केन्द्रीय भएका कारण पार्टी लथालिङ्ग भयो । अधिवेशनले एक ढिक्का बनाउनु पर्छ ।’

अधिवेशनपछि पार्टी एक ढिक्का बनाउनु पर्ने उनको भनाइ छ । ‘पार्टीमा आएँ है भन्ने नेता चाहिएको छ’, उनले भने, ‘कार्यकर्तासँग गएँ है भन्ने नेता चाहिएको छ ।’ प्रदेश १ लाई नमुना बनाउने उनको भनाइ छ । पार्टीभित्रको क्रान्तिका लागि अधिवेशन केन्द्रित हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर