वाग्मती सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन भएको ३५ दिन पुगेको अवसरमा वाग्मती सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
मुख्यमन्त्री कार्यालयमा आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
