राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीको एकता महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । महाधिवेशनको बन्दसत्र जारी रहेको बेला अध्यक्ष लोहनी संयोजक रहेको आर्थिक कार्यपत्र तयार समितिले सो कार्यपत्र प्रस्तुत गरेको हो ।
आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा.विष्णु भण्डारी र हेमराज कार्की सदस्य रहेका थिए ।
कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडि बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ ।
वर्तमान सन्दर्भमा निरन्तरतासहितको गतिशीलता आर्थत् सम्वर्द्धनवाद भएको बताउँदै यस दृष्टिकोणलाई‘पृथ्वीपथ’ नाम दिइएको छ ।
