Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाण्डाै – सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएशनका अध्यक्षसहितका पदाधिकारीले हिजो सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । कोरोना सङ्क्रमणपछि प्रधानन्यायाधीश जबरा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँले कायममुकायमको जिम्मेवारी तोक्नुभएको छैन । सर्वोच्च अदालतमा हिजैदेखि गोलाप्रथाबाट इजलास तोकिए पनि इजलासको काम भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय