Nepali Unicode | Preeti to Unicode

सोलुखुम्बुमा बाबुले आफ्नै छोरा–छोरीमाथि एसिड छ्यापेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–५, बसन्त बजारमा गएराति पौने ९ बजेतिर स्थानीय मोहन बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

बराइलीले मादक पदार्थ सेवन गरेको र रक्सीको नसामा घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सोलुखुम्बु प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

घाइते दुवैजनालाई उपचारका लागि फाप्लु अस्पताल लगिएको छ । एसिडबाट घाइते छोराको अवस्था गम्भीर छ । बराइलीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी प्रनि ढकालले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर