Nepali Unicode | Preeti to Unicode

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेलहरू हुँदै छन् । समूह चरणको पाँचौँ खेलअन्तर्गत आज १६ वटा टिम प्रतिस्पर्धामा छन् ।

आज साविक विजेता तथा इङ्ग्लिस क्लब चेल्सीका साथै स्पेनिस क्लबहरू बार्सिलोना, सेभिल्ला र भिल्लारियल इङ्ग्ल्यान्डकै म्यानचेस्टर युनाइटेड, जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लबद्वय युभेन्टस र अटलान्टालगायत टिम प्रतिस्पर्धामा छन् ।

चेल्सीले र युभेन्टससँग घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा नेपाली समयानुसार राति १ः४५ बजे खेल्ने छ । समूह ‘एच’को विजेताका रूपमा युभेन्टस नकआउट चरण पुगिसेको छ भने चेल्सी उपविजेताको रूपमा अघिल्लो चरणमा पुग्ने योजनामा छ ।

यस्तै, युनाइटेड र भिल्लारियलले राति ११ः३० बजेबाट सुरु हुने खेलमा प्रतिस्पर्धा गर्दै छन् । भिल्लारियलको मैदानमा हुने यस खेलमा दुवै एक–अर्कामाथि जित निकाल्दै नकआउट चरणमा स्थान बनाउने लक्ष्यमा छन् । समूह ‘एफ’मा समान सात अङ्क भएपनि युनाइटेड शीर्ष स्थानमा तथा भिल्लारियल दोस्रो स्थानमा छ ।

यसैगरी, नकआउट चरण पुग्ने लक्ष्यका साथ बार्सिलोनाले राति १ः४५ बजे पोर्चुसगिज क्लब बेन्फिकासँग घरेलु मैदान क्याप नोउमा खेल्दै छ । बार्सिलोना समूह ‘ई’ को उपविजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

यसै समूहको बायर्नले डायनामो किभसँग राति ११ः३० बजे खेल्ने छ । बायर्न समूह विजेताका रूपमा अघिल्लो चरण पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर