रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बैजनाथपुर चोकमा विपरीत दिशामा गुडिरहेका दुई मोटरसाइकल बिहानको राति पौने १ बजेतिर आपसमा ठोक्किँदा चन्द्रपुर–९ का २५ वर्षीय रामाशङ्कर साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ना ५३ प ६११२ र ना ४३ प ६२४३ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वृृन्दावन–७ की कान्तीदेवी चौधरी गम्भीर र गुजरा–९ का मनोज चौधरी गम्भीर घाइते भएका छन् । घाइतेलाई वीरगन्ज लगिएको छ ।
