Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

बिजय रुपाखेती गण्डकी गाउँपालिका वडा८

गणतन्त्र नेपालका प्रथम महामहिम राष्ट्रपति डा.रामवरण यादवले २०७२ साल असोज ३ गते आइतबार घोषणा गर्नुभएको नेपालको संविधान ४ बर्ष नाघिसक्दा पनि जनताले महसुस गर्न पाएका छैनन। देशले कोल्टे फेर्छ भन्दा भन्दै उत्तानो परिसक्यो। संविधान ले प्रावधान गरेको हक अधिकार केवल कागज मै सिमित छ। कानुनी राज्यमा संविधानको कार्यान्वयन नहुनु अत्यन्तै दुखदायी कुरा हो। जनताबाट निर्वाचित नेता शासक जस्तो भैरहेका छन। यहाँ बलत्कारी खुलेआम हिडिरहेका छन पिडित डराउदै हिड्नु पर्छ,आमा बाबुले आफ्नो छोरी एक्लै छोड्न नसक्ने स्थिति भएको छ र यी सबै बेथितिको भागिदार हामी पनि हौ। कमि हाम्रो पनि हो।

५ बर्षमा एकदिन हामी सार्वभौम नागरिक हुने र त्यही दिन हामिले भविष्य को छनोट गर्नुपर्नेमा दारु र भारुमा आफ्नो अधिकार गुमाउछौ र बाकी ४ बर्ष ३६४ दिन पछुताउन थाल्छौ। त्यसैले अब पनि हामिले बुझेनौ भनी आफ्नो साथै देशको अस्तित्व नै उत्तानो टाङ पर्छ। आशा गरौ अबका दिन बिगत जस्तो नहोस। जनता सचेत बनौ। सम्बिधान दिबस चुनाब हारेका नेतालाई मन्त्री साम्सद बनाउ मिल्ने सय पचास घुस खाने लाई जेल सजाय गर्न मिल्ने सत्तरि करोड कमिसन को भ्रस्टाचारी लाई उन्मुक्ती दिन मिल्ने तर एउटा सच्चा कर्मठ रास्ट्रसेबक कर्मचारी कुलमाल लाई पुन नियुक्त गर्न नमिल्ने।

बिश्वको उत्कृष्ट नेपालको संविधान। भनेर हामिले भनी रहदा आँखाबाट आशु बग्छ।एउटा बालिका बलात्कृत भएर मारिन्छिन अनि दोशिलाइ कार्बाही गर्नुको सट्टामा उल्टै ढाकछोप गरिन्छ भने हामी कस्तो संबिधान मान्दै छौँ ? ३० किलोमिटर चल्ने रेल, साईकलले १ घण्टामा पार गर्ने दूरीमा ५ अर्बको लगानी गर्ने के बनायो त?५ अर्बको कहाँ खर्च भयो त? तेहि पनि रमिता हेर्नेको भीड छ। राणा चन्द्र शमशेर माथि बसेर खित्का छोडेर हांस्दै होलान यो देखेर प्रजातन्त्रले खाएको रेल फेरि आए जनकपुरमा भनेर भन्दिएको भए चित्तबुझ्ने थियो बरु एबम रितले जनता सुसुचित नहुने हो भने बयलगाडा तन्त्रले देश रित्याउछ। जस्ले लोकतन्त्र गणतन्त्रको खाका ल्यायो आज ती मान्छेहरु संविधान भन्दा बाहिर छन जो गणतन्त्रको खिल्ली उडाउथे आज ती मान्छेहरु यो देशको शाशक छ्न।

तर पनि केही हद सम्म निर्माण भएको संविधान ठिक छ। सबैले यसको स्वामित्व ग्रहण गर्नै पर्छ। जय संविधान संविधानलाई मुर्तरुप दिने गरि लागू गरौ। संविधान दिवस २०७७ को हामी सबैमा धेरै धेरै शुभकामना /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय